काठमाडौँ – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई सुरक्षित बनाउन प्रविधिमैत्री बनाउने तयारी गरेको छ ।


ADVERTISEMENT


विभागले यात्रुबहाक सवारी साधानमा अनलाईन भुक्तानी, जिपिएस जडान लगाएतका कार्य गरि प्रविधिमैत्री बनाउने तयारी गरेको हो । यस बिषयमा बिभागले बिहीबार सरोकारवाला निकायसंग छलफल गरेको थियो ।


ADVERTISEMENT

# # #


छलफलका क्रममा विभागका महानिर्देशक राजिव पोखरेलले सार्वजनिक यातायातको डाटालाई एकीकृत गर्न सके यस क्षेत्रलाई सुरक्षित बनाउन सकिने बताए । उनले देशभर रहेका तौलपुललाई पनि प्रविधिमैत्री बनाइने जानकारी दिए । पोखरेलले सरकार र सरोकारवाला सवै मिलेर काम गर्न सके सकारात्मक नजिता निस्कने बताए । उनले इम्वोस्ड नंवर प्लेड जडानका क्रममा देखिएका समस्या समाधान हुने उल्लेख गरे ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्यालाई हल गर्नुपर्ने बताए । अनलाइन टिकेटिङ, जिपीएस जडान लगाएतका कार्यलाई सुरु गर्नुपर्ने उनले बताए । उनले सिमलताल दुर्घटनापछिको अध्ययन प्रतिवेदनले सुधारका विषय औल्याएपनि त्यसलाई राज्यले कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए ।

त्यस्तै इम्वोस्ड नंवर प्लेड जडानका देखिएको समस्या समेत समाधान हुनुपर्नेमा यातायात व्यवसायीहरुले जोड दिएका थिए ।