काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । लघुवित्तले बिहीबार विभिन्न पदका लागि खुलातर्फ कर्मचारीको माग गरेको हो ।
जसअनसार लघुवित्तले २ जना वरिष्ठ अधिकृतको माग गरेको छ । जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्ट उत्तीर्ण गरी कम्तिमा एक वर्षको लखापरीक्षण सम्बन्धी क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने बताइएको छ । अधिकृत श्रेणीका पदमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनेपर्ने लघुवित्तले जनाएको छ ।
यस्तै ३ जना कनिस्ट अधिकृत समेत माग गरिएको छ । त्यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सेमि क्वालिफाइड सीए उत्तीर्ण गरी कम्तिमा एक वर्षको लेखा परीक्षण सम्बन्धी क्षेत्रमा कार्य अनुभव भएका वा नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य शास्त्रमा कम्तिमा स्नातक उत्तीर्ण गरी लेखा परीक्षण सम्बन्धी कम्तिमा ३ वर्षको कार्य अनुभव भएका वा कानुन विषयमा कम्तिमा स्नातक पास गरी अधिवक्ताको लाईसेन्स प्राप्त गरी बैंक तथा वित्तीय संस्थामा काम गरेका वा ल फर्ममा कम्तिमा २ वर्ष कार्य अनुभव भएकको हुनुपर्ने लघुवित्तले जनाएको छ ।
यस्तै लघुवित्तले १३ जना सुपरभाइजर/वरिष्ठ सहायक/सहायक कर्मचारी माग गरेको छ । सुपरभाईजर पदको हकमा नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा एसएसली/एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ७ वर्षको अनुभव हुनुपर्नेछ ।
यस्तै बरिष्ठ सहायक तथा सहायक पदको हकमा नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा एसएसली/एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव हुनुपर्नेछ । मोटरसाइकल/स्कुटर भएको र चालक अनुमती पत्र प्राप्त भएकोलाई विशेष प्राथमिकता दिइने लघुवित्तले जनाएको छ । सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने लघुवित्तले जनाएको छ ।
लघुवित्तको केन्द्रीय कार्यालय बनेपा र देशभरका शाखा कार्यालयहरुमा काम गर्ने गरी सहायक श्रेणीका कर्मचारी माग गरिएको हो । लघुवित्तका अनुसार आवेदकहरुले आवेदनमा आफूले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्ति (रिफरेन्स पर्सन) को नाम/सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरु उल्लेख गरिएको बायो डाटा संलग्न गर्नु पर्नेछ ।
आवेदन दिनका लागि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको वेबसाईटबाट आगामी चैत्र ७ गतेसम्म आवेदन दिन सकिने छ । रितपूर्वक प्राप्त दरखास्तहरू मध्येबाट छनोट सूची (सर्ट लिस्ट)मा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिने लघुवित्तले जनाएको छ ।
हेर्नुहोस् विज्ञापन :