रियो दी जेनेरियो–पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार नेइमारले ब्राजिलको बेलो होरिजोन्टेस्थित माटर डेई अस्पतालमा बिहीबार (नेपाली समयअनुसार शुक्रबार) शल्यक्रिया गर्नुपर्ने भएको ब्राजिली सञ्चारमाध्यमहरूले जनाएका छन् ।


ADVERTISEMENT


समाचारमा जनाइएअनुसार नेइमारसँगै उनका पिता तथा एजेन्ट नेइमार सिनियर र ब्राजिली राष्ट्रिय टोलीका डाक्टर रोडरिगो लास्मार बुधबारै पेरिसबाट बेलो होरिजोन्टे प्रस्थान गरिसकेका छन् । बेलो होरिजोन्टेमा बिहीबार नेइमारको शल्यक्रिया गर्नका लागि सबै तयारी भइसकेको ओ ग्लोबो पत्रिकाले जनाएको छ । अर्को फुटबल वेभसाइट युओएलले भने आइतबार उनको शल्यक्रिया हुने दाबी गरेको छ।


ADVERTISEMENT

# # #


आइतबार फ्रान्सेली लिग वानअन्तर्गत ओलम्पिक डी मार्सेमाथि ३–० को जित हासिल गर्दा नेइमार घाइते भएका थिए । उनको कुर्कुच्चाको हाड भाँचिएको थियो । जसका कारण उनले क्लबका लागि जारी सिजनका बाँकी खेल खेल्न नसक्ने सम्भावना बढेर गएको छ । ब्राजिली राष्ट्रिय टिम भने जुनमा रूसमा सुरु हुने विश्वकपका लागि आफ्नो टोलीका सुपरस्टारलाई समयमै ठीक पार्न चाहन्छ।