काठमाडौँ – आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहिन रहेको भन्दै बहिष्कार गरको साहले बताए । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद साहले सांसदले सोधेको प्रश्नको जवाफै नदिएको औचित्यहिन प्रश्नोत्तर कार्यक्रम हटाउन माग समेत गरेको उनले बताए ।
संसदको कार्यसूचीबाट हटाउन माग गर्दा पनि नहटेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेको उनको भनाई छ । सांसद साहले प्रधानमन्त्रीले साना दलका सांसदलाई हेपेको समेत बताए ।