काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल भएको बताएका छन् ।


ADVERTISEMENT


गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताए ।


ADVERTISEMENT

# # #


उनले कांग्रेस सत्तापक्षमा रहेपनि सरकारलाई खवरदारी गर्नुपर्ने उल्लेख गरे । अहिलेको परिदृश्य हेर्दा देशको अवस्था भयावह रहेको उनले बताए ।

कोइरालाले कांग्रेस ठूलो भएपनि अहिले एमाले र कहिले माओवादीको पक्षमा लागेको भन्दै अब त्यसो गर्न नहुने धारणा राखे । उनले कांग्रेसको नेतृत्वमा सबै दललाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी कांग्रेस नेताहरुले मुलुकको परिवर्तनमा गिरिजाप्रसाद कोइरालाले खेल्नुभएको भूमिकाको स्मरण गरेका थिए ।