काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर गत चैत्र ४ देखी १० गते सम्म संचालन भएको ग्लोबल मनि विक–२०२५ हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको छ ।
ग्लोबल मनि विक अन्तर्गत बैंकले ‘थिंक बिफोर यू फलो, वाइज मनि टूमरो’ भन्ने मूल नाराका साथसातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी वित्तीय ज्ञान प्रदान गरेको हो ।
यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ूको उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएननम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।