काठमाडौँ– नेपाल र भारत बीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप प्रगति गर्ने उद्देश्यले भारतीय राजधानी नयाँ दिल्लीमा आयोजित नेपाल-भारत इनर्जी समिटमा इप्पान अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे।


ADVERTISEMENT


समिटमा बोल्दै कार्कीले नेपाल सरकारको २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्यका बारेमा चर्चा गर्दै, यसका लागि ४६.५ अर्ब डलरको लगानी आवश्यक रहेको र यस अवसरलाई भारतीय लगानीकर्ताले सुनौलो अवसरको रूपमा प्रयोग गर्न सक्ने बताए। उनले नेपालमा जलविद्युत, सौर्य ऊर्जा, र अन्य नवीकरणीय ऊर्जा क्षेत्रका लागि ठूलो लगानी सम्भावनाको बारेमा पनि जानकारी दिए।


ADVERTISEMENT

# # #


नेपाल र भारत बीच हाल १,००० मेगावाट विद्युत आदान प्रदान भइरहेको छ, र आगामी १० वर्षमा यसलाई १०,००० मेगावाट पुर्‍याउने दीर्घकालीन सम्झौता भएको कार्कीले बताए। यसमा भारतीय कम्पनीहरूको ठूलो लगानी भइसकेको छ र थप हजारौं मेगावाट बराबरका आयोजना पनि पाइपलाइनमा छन्।

समिटमा इप्पान उपाध्यक्ष आनन्द चौधरीले पनि नेपालका ३५०० मेगावाट विद्युत उत्पादन गर्ने परियोजनाहरूको बारेमा प्रकाश पार्दै, भारतीय लगानीकर्ताहरूलाई आकर्षक अवसरहरूको बारेमा जानकारी दिए।

यस अवसरमा, ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौतले नेपालमा ऊर्जा उत्पादन र आदान प्रदानको लागि उपयुक्त नीति र पूर्वाधार रहेको र लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गरे।

नेपाल र भारतको बीचको ऊर्जा सहकार्यलाई अझ बलियो बनाउने यो समिट भारतीय लगानीकर्ताहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नमा महत्वपूर्ण साबित हुने देखिन्छ।