काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउनका लागि एक हुनुको विकल्प नरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा प्रचण्डले राजनीतिक दलहरुबीच पनि शान्ति प्रक्रियाका बिषयमा कुनै विवाद नरहेको भन्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनका लागि एक हुनुको बिकल्प नरहेको बताएका हुन् ।
उहाले सङ्क्रमणकालीन न्यायको बिषय राष्ट्रिय मुद्दा भएकाले यसमा अन्य राजनीतिक प्रभाव पर्न दिन नहुने जिकिर गर्नुभयो । प्रचण्डले सङ्क्रमणकालीन न्यायका बिषयका कुनै राजनीतिक तिक्तता बढोस् भन्ने चाहना आफ्नो नरहेको स्पष्ट पारे ।
प्राविधिक, कानूनी र राजनीतिक उतारचढावका कारण शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ढिलाई भएको उनको भनाइ छ । प्रचण्डले नेपालको शान्ति प्रक्रिया धेरै हदसम्म आफ्नो मौलितकताअनुसार सफलताको साथ अगाडि बढिरहेको महशुस गरेको धारणा पनि राखे ।
उनले पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा कुनै अन्यौल नरहेको पनि बताए ।































































