काठमाडौँ– राष्ट्रिय युवा संघ नेपाल र शिक्षा विभागले ‘बौद्धिक र सकारात्मक सोचका युवास् युग परिवर्तनका खम्बा’ भन्ने मूल नारासहित ‘युवा साहित्यिक सम्मेलन २०८१’ आयोजना गर्ने भएको छ ।
यस सम्मेलनले गजल, कविता, निबन्ध, र वक्तृत्वकला विधामा युवा प्रतिभाहरूलाई अवसर दिनेछ। प्रतिस्पर्धामा सहभागीहरूले काठमाडौंमा भौतिक रूपमा विभिन्न चरणहरूमा भाग लिनुपर्नेछ, जसमा उत्कृष्टता प्रकट गर्ने युवाहरूसँग नगद पुरस्कार र प्रमाणपत्रहरू प्रदान गर्नै बताइएको छ ।
विभागका अनुसार, वक्तृत्वकला विधामा प्रत्येक प्रतियोगीले प्रारम्भिक अडिसनमा ३ मिनेटको वक्तृत्व प्रस्तुत गर्नु पर्नेछ। यस चरणमा १५० प्रतिस्पर्धीले दोस्रो चरणमा स्थान प्राप्त गर्नेछन्, र त्यसपछि २५ जना तेस्रो चरणमा चयन गरिनेछन्। उत्कृष्ट तीन प्रतिस्पर्धीलाई नगद पुरस्कार सहित प्रमाणपत्र दिइनेछ। पहिलो स्थानका विजेताले रु १,००,०००, दोस्रो स्थानका विजेताले रु ५०,००,०००, र तेस्रो स्थानका विजेताले रु ३०,००,००० प्राप्त गर्नेछन्। बाँकी २२ प्रतियोगीलाई विशेष उपहार प्रदान गरिनेछ।
कविता विधामा, प्रतियोगीहरूले नेपाली भाषामा लेखिएको सकारात्मक सन्देश दिने कविता प्रस्तुत गर्नु पर्नेछ। कविता भिडियो बनाएर पठाउनु पर्नेछ, र उत्कृष्ट कविहरूलाई नगद पुरस्कारहरू प्रदान गरिनेछन्। पहिलो स्थानका विजेताले रु ५०,००,०००, दोस्रो स्थानका विजेताले रु ३०,००,०००, र तेस्रो स्थानका विजेताले रु २०,००,००० प्राप्त गर्नेछन्।
गजल विधामा, प्रतियोगीहरूले नेपाली भाषामा लेखिएका गजलहरू प्रस्तुत गर्नु पर्नेछ जसले नेपाली समाजलाई सकारात्मक सन्देश दिन्छ। गजल लेखनका मापदण्डहरू पालना गरिएर, उत्कृष्ट २५ गजलकारलाई वाचनका लागि आमन्त्रित गरिनेछ। यस विधामा पनि नगद पुरस्कारहरूको व्यवस्था गरिएको छ, जसमा पहिलो स्थानका विजेताले रु ५०,००,०००, दोस्रो स्थानका विजेताले रु ३०,००,०००, र तेस्रो स्थानका विजेताले रु २०,००,००० प्राप्त गर्नेछन्।
निबन्ध विधामा, प्रतियोगीहरूले आयोजकले प्रदान गरेको शीर्षकमा आधारित निबन्ध लेख्नु पर्नेछ, जुन नेपाली वा अंग्रेजी भाषामा लेख्न सकिन्छ। निबन्धमा शब्द सीमा ९०० देखि १२०० शब्दको बीचमा हुनुपर्नेछ, र यो मौलिक र सिर्जनात्मक हुनुपर्नेछ। यस विधामा पनि नगद पुरस्कारहरूको व्यवस्था गरिएको छ, जसमा पहिलो स्थानका विजेताले रु ५०,००,०००, दोस्रो स्थानका विजेताले रु ३०,००,०००, र तेस्रो स्थानका विजेताले रु २०,००,००० प्राप्त गर्नेछन्।
यस प्रतियोगिताले नेपाली युवाहरूसँगै साहित्य र सिर्जनात्मकताको क्षेत्रमा नयाँ सम्भावनाहरूको द्वार खोल्ने अवसर प्रदान गर्नै विश्वास लिइएको छ ।