काठमाडौँ – नेकपा एमालले राजतन्त्रवादीको हर्कतबिरुद्ध काठमाडौं लगायत देशभर मोटरसाइकल र्याली निकालेको छ ।
राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन भन्दै एमालेले काठमाडौं लगाएत देशभर मोटरसाइकल र्याली निकालेको हो । काठमाडौंको तीनकुनेबाट सुरु भएको र्यालीले बिभिन्न स्थानको परिक्रमा गरेको थियो ।
प्रतिगमनको दुष्प्रयासलाई नकाम बनाऔँ, लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ भन्दै मोटरसाइकल र्यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले बताउनुभएको छ ।
मोटरसाइकल र्यालीमा सहभागीहरुले गणतन्त्र जिन्दाबाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद लगायतका नारा लगाएका थिए ।