काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १५ गते काठमाडौंको तीनकुने लगायतका क्षेत्रमा भएको घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


शुक्रबार तीनकुने घटनामा एकपक्षीय ढंगले व्याख्या गर्ने काम भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


राप्रपा नेताहरु रबीन्द्र मिश्र र डा. धवल शमसेर राणा लगायतमाथि झुटा मुद्धा लगाइएको भन्दै खारेज गर्नुपर्ने राप्रपाको माग छ । त्यस्तै राप्रपाले राज्य आतंक बन्द गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्ने जनाएको छ ।

प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेता पशुपतिशम्शेर राणाले बहुदलीय प्रजातन्त्रभित्र फरक मत राख्न पाउने अधिकार सवैको रहेको भन्दै फरक मत राखेकै आधारमा नेताहरुलाई पक्राउ गर्नु उचित नभएको धारणा राखे ।

उनले चैत्र १५ गते राज्यबाट दमन भएको भन्दै भत्र्सना गरे । आफ्नो नेताहरुलाई रिहाई नगरेसम्म निरन्तर आन्दोलन गर्ने राप्रपाले जनाएको छ ।