काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन् ।


ADVERTISEMENT


नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र बिकास तथा समृद्धि चाहिएको भन्दै यस विषयमा कुनै सम्झौता नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफू भ्रष्टाचारको विरोधी रहेपनि भ्रष्टाचार भइरहेको आफूलाई आशंका लागेको बताए । देशलाई बिकासका बाटोमा अघि बढाउनका लागि अनुकुल वातावरण बनेको र स्थायीत्व र स्थिरतातर्फ मुलुक अघि बढेको उनले बताए ।

उनले कम्तिमा पनि ८४ सालसम्म मुलुकमा स्थायित्व र स्थिरता हुने र त्यसपछि पनि यो शिलशिला कायम रहने भएकाले ढूक्क भएर लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्र्याउने, संयुक्त पूँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजिवि, शिक्षक, प्राध्यापक लगाएत सवैको साथमा रहेको र सवैको भलाईका लागि काम गर्न चाहेको बताए ।