काठमाडौँ – गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।


ADVERTISEMENT


बुधबार घाइतेको उपचार भइरहेको विभिन्न अस्पतालमा पुगेर गृहमन्त्री लेखकले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । सो क्रममा उनले घाइतेहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


कसैले व्यक्तिगत खर्चमा उपचार गरेको भए अस्पतालमार्फत सरकारले उपचारमा लागेको खर्च फिर्ता दिने उनले बताए। गृहमन्त्री लेखकले उक्त घटनामा घाइते भएकाहरुको उपचारको कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो भने प्रहरी र प्रदर्शकारीकासाथै सर्वसाधारणसमेत घाइते भएका थिए । सो क्रममा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको थियो ।