काठमाडौँ–सांसदहरुले चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको छानविनको दायरामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याउनुपर्ने धारणा राखेका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनीहरुले तीनकुने घटनामा ज्ञानेन्द्र शाहको भूमिका देखिएकाले छानविनको दायरामा ल्याउनपर्ने धारणा राखेका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा कांग्रेस सांसद जीवन परियारले चैत्र १५ गतेको घटनामा ज्ञानेन्द्र शाहको भूमिकाका बारेमा बहस भएकाले समितिमा बोलाउन सुझाव दिए । कुनै पनि व्यक्तिले अराजकता र अमानवीय काम गरे संविधानको नजरमा बराबर रहेकाले ज्ञानेन्द्र शाहका विषयमा छलफल हुनुपर्ने उनले बताए । उनले लोकतन्त्रमाथि धावा बोल्नेहरु बिरुद्ध राज्य चूप लागेर बस्न नहुने धारणा राखे ।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता देखिएको जवाफदेहीको तहमा ल्याउनुपर्ने बताए । ज्ञानेन्द्र शाहको आह्वानपछि भएको प्रदर्शन हिंसात्मक भएकाले राज्यले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने उनले जनाए ।

बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुने घटना राज्यपक्षले नियोजित रुपमा घटाएको आरोप लगाउनुभयो । उक्त घटनाको निष्पक्ष न्यायिक छानविन भए त्यसदिन भएको कमीकमजोरी बाहिर आउने उनको भनाई छ ।

उनले उक्त घटनामा नेताहरुलाई झुटा मुद्दा लगाएर आस्थाका बन्दीका रुपमा नराखेर अपराधिक मुद्दा लगाउनु अत्यन्त आपत्तिजनक भएको बताए ।