काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ मा संसदबाट विश्वासको मत लिने भएका छन् । शनिबार एमाले–माओवादीका सांसदलाई संयुक्त रूपमा सम्बोधन गर्ने क्रममा ओलीले २७ गते संसदबाट विश्वासको मत लिने बताएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमाले र माओवादीको समर्थनमा राष्ट्रपति भण्डारीले फागुन ३ गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


फोरमलाई पनि सरकारमा ल्याएर दुई तिहाइ पुर्‍याउने प्रयासमा रहेका ओलीले आफ्नो तयारीबारे यस्तो बताएका हुन् ।