काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यवसायी कम्पनीलाई कारबाही गरेको छ ।


ADVERTISEMENT


उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेकाले विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि तथा पशुपति ट्रेडिङ कन्सर्न काठमाडौँलाई कारबाही गरेको विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार पशुपति इन्टरनेसनल बिजनेस प्रालिले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको र यस प्रालिका सामग्रीमा तौलसमेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको छ ।

त्यसैगरी, दुवै व्यावसायिक कम्पनीलाई पनि कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरिएको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन तथा कारबाहीलाई प्रभावकारी बनाइरहेको जनाइएको छ ।