काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार बिचौलियाको स्वार्थअनुसार चलेको आरोप लगाएका छन् ।
बिहीबार प्रेस सेन्टर रूपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकारको क्रियाकलाप र नियुक्ती हेर्दा बिचौलियाको स्वार्थअनुसार चलेको पुष्टि भएको बताएका हुन् ।
उनले आफुलाई सरकार ढाल्न कुनै हतार नभएको बताउँदै कांग्रेस र एमाले भित्रै सरकारप्रति असन्तुष्टि देखिएको जिकिर गरे । प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको समेत बताए । उनले कसैको अधिकार कटौति गर्न नभइ संविधानलाई पूर्ण बनाउन संशोधन गर्नुपर्ने उल्लेख गरे ।
प्रचण्डले राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्किएको टिप्पणी गर्दै फेरी राजावादीको ज्वरो नआउने जिकिर गरे ।