काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आकस्मिक बैठक डाकेको छ ।


ADVERTISEMENT


अध्यक्षसहित अन्य नेताहरु पक्राउ परेपछि पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक डाकेको हो ।


ADVERTISEMENT

# # #


बैठकमा आजको जनप्रदर्शनको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । आज सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ । यद्यपि उनीहरुको पक्राउपछि पनि बानेश्वरस्थित राप्रपाले प्रदर्शन जारी राखेको थियो ।