काठमाडौँ– सिटिजन्स बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलोपटक क्रस बैंक टेलर क्युआर भुक्तानी सेवा र सिटिजन्स फ्रील्यान्सर सेभिङ अकाउन्ट सञ्चालनमा ल्याएको छ।


ADVERTISEMENT


बैंकले १८ वर्षको यात्रामा १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइसकेको छ। हाल बैंकका २०० शाखाहरू छन् र २ खर्ब २ अर्ब निक्षेप संकलन गरिसकेको छ, भने १ खर्ब ७३ अर्ब रुपैयाँ ऋण प्रवाह गरिएको छ।


ADVERTISEMENT

# # #


वार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बैंकले सातै प्रदेशमा प्रभातफेरी आयोजना गरेको छ । जसमा ९२१ जना कर्मचारी सहभागी भए। साथै, नेपाल रेडक्रस र हिमाल अस्पतालसँग सहकार्य गर्दै ३३ शाखामा करिब ९१३ जनाको सहभागितामा रक्तदान कार्यक्रम पनि सम्पन्न गरियो।

डिजिटल बैंकिङमा प्राथमिकता दिँदै, ट्याप एन्ड पे सेवा र क्रस बैंक टेलर क्युआर भुक्तानी सुरु गरिएको छ। यस सेवाबाट अन्य बैंकका ग्राहकहरूले सिटिजन्स बैंकको काउन्टरमा गएर आफ्नो मोबाइल बैंकिङमार्फत क्युआर स्क्यान गरी नगद भुक्तानी लिन सक्नेछन्।

फ्रील्यान्सरहरूका लागि नयाँ बचत खाता पनि सुरु गरिएको छ, जसमा नेपाली रुपैयाँ र अमेरिकी डलर दुवै खाताको सुविधा छ। यस खातामा उच्च ब्याजदरका साथै रु २५,००० को स्वास्थ्य बीमा, रु ३००,००० को दुर्घटना बीमा, निःशुल्क मोबाइल र इन्टरनेट बैंकिङ, डेबिट कार्ड र डिम्याट खाता जस्ता सेवाहरू समावेश छन्।