काठमाडौँ– विभिन्न माग राख्दै नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतिघर क्षेत्रमा यातायात सञ्चालन अस्तव्यस्त भएको छ ।


ADVERTISEMENT


निरन्तरको आन्दोलनका कारण बानेश्वर–माइतिघर सडक बन्द भएपछि त्यसको असर अन्य क्षेत्रमा समेत परेको छ ।


ADVERTISEMENT

# # #


विभिन्न माग राख्दै शिक्षकहरुले गरेको आन्दोलनले दिनभर नयाँ बानेश्वर माइतीघर सडक ठप्प हुदै आएको छ ।

मुख्य सडक बन्द भएपछि सार्वजनिक सवारी साधानलाइ तीनकुनेबाट बानेश्वरतर्फ आउन रोक लगाइएको छ । साना सवारी साधन समेत डाइभर्सन हुँदा करिडोरमा लामो जाम देखिएको छ ।