विराटनगर– मोरङ र सुनसरीबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरी टोलीले मोरङको सुनबर्षी नगरपालिका–९ स्थितबाट वेवारिसे अवस्थामा कपडाको झोला भित्र राखेको अवैध लागूऔषध ट्रामाडोल ५ हजार क्याप्सुल फेला पारी बरामद गरेको हो ।
त्यसैगरी सुनसरीको धरान–६ बाट सोहि स्थानका २६ वर्षीय राकेश परियार र २८ वर्षीय धर्मचन्द्र गिरीलाई २ ग्राम ३ सय १० मिलिग्राम ब्राउन सुगर सहित सुनसरीको प्रहरी चौकी पानबारीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।