काठमाडौं– प्रहरी वृत्त मालिगाउँमा कार्यरत डिएसपी सुनिलजंग शाह २०८१ सालको चैत महिनाका लागि ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।


ADVERTISEMENT


जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले शाहलाई अपराध अनुसन्धानमा सक्रियता, जनसुरक्षा प्रवर्द्धनमा भूमिका र कर्तव्यनिष्ठ सेवाका आधारमा उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेका हुन्।


ADVERTISEMENT

# # #


प्रशंसा पत्रमा शाहको नेतृत्वले प्रहरी संगठनको गरिमा बढाएको र उनले संगठनलाई उच्च सम्मान दिलाएको उल्लेख गरिएको छ। काठमाडौं उपत्यकामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा उनले थप योगदान दिने अपेक्षा गरिएको छ।