काठमाडौँ– विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार २३ औं दिन पनि आन्दोलन जारी राखेका छन् ।
आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरुले बिहीबार पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका हुन् ।
शिक्षकहरु सडकमा गीतमार्फत व्यङ्ग्य गर्दै नाँचगानसहित आन्दोलनमा सहभागी भएका छन् भने केहि शिक्षकहरु सडकमा जादू देखाउदै मनोरञ्जन गराइरहेका छन् ।
यस्तै जारी आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिले सडकमा नै खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आन्दोलनमा सहभागी भएका शिक्षकहरुले रक्तदान गरेका छन् ।
महासंघले ७५ सालदेखि ८० सालसम्म गरेका तीनवटा सहमतिका आधारमा शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आएको छ । सरकारले आफुहरुको माग सम्बोधन नगरेकाले आफुहरु आन्दोलनमा सहभागी भएको शिक्षकहरुले जनाएका छन् ।
महासंघले आफुहरुको आन्दोलनका कारण नयाँ इतिहास रच्न लागेको भन्दै आन्दोलनमा उत्साहका साथ लाग्न शिक्षकहरुलाई आग्रह गरेको छ ।