काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन् ।


ADVERTISEMENT


थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सत्ता गठबन्धनबीच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो केहि नरहेको उनले बताए । सत्तासमिकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ ।

सभापति देउवा स–परिवार थाइल्यान्ड भ्रमणमा गएका थिए ।