काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवाले हालका सरकार परिवर्तनका हल्ला झूठा र मनोरञ्जनका लागि फैलाइएको बताएकी छन्। उनले यी हल्लाबारे प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको जानकारी दिइन्।
आज थाइल्याण्डको बैंककबाट स्वदेश फर्केकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सरकार परिवर्तनको विषयमा सोधेका थिए। सोमा उनले ती हल्लालाई ‘मनोरञ्जनका लागि फैलाइएको’ बताउँदै भनिन्, ‘तपाईंहरूले आफैं भन्नुभो हल्ला भनेर। अलि अलि इन्टरनेटमेन्टका लागि यस्ता समाचार आउँछन्।’
सरकार परिवर्तनका बारेमा आएका समाचार हेरेर आफूलाई छक्क लागेको उनले थपिन्, ‘सरकार परिवर्तन त नेपालभित्र बसेर गर्न सकिन्छ, विदेशमा गएर यहाँको सरकार परिवर्तन हुँदैन।’
आरजुले अगाडि भने, ूकांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच बिहीबार बेलुका फोनमा कुरा भएको थियो, तर त्यस्तो केही पनि छैन।ू देउवा र आरजु दुवै आज बैंककबाट स्वदेश फर्किएका छन् ।