काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँको कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै आफूलाई गर्व लागेको बताएका छन्।


ADVERTISEMENT


नेता खतिवडाले बानियाँलाई सातवटै प्रदेश सभापतिहरूमध्ये सबैभन्दा उत्कृष्ट सभापति रहेको उल्लेख गर्दै उनको नेतृत्वमा बागमती प्रदेशमा उल्लेखनीय काम भएको धारणा राखेका हुन्।


ADVERTISEMENT

# # #


‘संविधान निर्माणको प्रक्रियामा हामी सँगसँगै लागिपरेका थियौँ’, उनले भने, ‘मकवानपुर कांग्रेस कहिल्यै नजितेको इतिहासलाई परिवर्तन गर्दै सफलता दिलाउन बानियाँको प्रत्यक्ष योगदान रहेको छ।’

खतिवडाले आफूले बानियाँसँग व्यक्तिगत रूपमा केही अपेक्षा नरहेको बताउँदै काम गर्ने व्यक्तिको उत्साहवर्धन गर्नु आवश्यक हुने धारणा राखेका छन्। ‘मैले उहाँसँग केही लिनुपर्ने छैन’, उनले भने, ‘तर, जसले राम्रो गर्छ, उसलाई प्रोत्साहित गर्नुपर्छ ।’