काठमाडौँ – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्दिराम ब्राण्डको दालमोठलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
सतुङ्गलस्थित हल्दिराम ब्राण्डका आधिकारिक आयातकर्ताले एमआरपी (म्याक्सिमम रिटेल प्राइस) बिना भएका वस्तु बजारमा पठाएको पाइएपछि उक्त जरिवाना गरिएको हो।
विभागका वरिष्ठ अधिकृत अमित झाले जानकारी दिँदै भने, ‘उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त आयातकर्तालाई जरिवाना र कारबाही गरिएको छ।’ साथै, उनले कारोबारसमेत बन्द गरिएको जनाएका छन्।


























































