काठमाडौँ – आइतबार १४ वैशाखमा काठमाडौंमा भएको शिक्षक आन्दोलनको क्रममा प्रहरी र आन्दोलनकारीबीचको झडपमा घाइते भएकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ। उनी अहिले तिलगंगा आँखा अस्पतालमा उपचाररत छन्।
उपचारमा संलग्न डा। सिभान्त श्रेष्ठका अनुसार सविनाको आँखामा पानीको फोहोरा लाग्दा गहिरो चोट पुगेको छ। ‘आँखाभित्र रगत जमेको छ ९हाइफिमा०, आँखाको छालाको माथिल्लो भाग च्यातिएको छ र आँखाको प्रेसरसमेत बढेको छ,’ श्रेष्ठले बताइन्।
चोटका कारण सविनाको दुवै आँखाको लेन्स सुन्निएको छ र दृष्टि (भिज)० अत्यन्त कम रहेको चिकित्सकको भनाइ छ। डा। श्रेष्ठका अनुसार आँखाभित्र रेटिना कत्तिको क्षतिग्रस्त भएको भन्ने कुरा अहिले ठ्याक्कै भन्न सकिने अवस्था छैन, किनभने रगत जमिएको कारण प्रष्ट हेर्न मिलेको छैन।
‘अहिले औषधि सुरु गरिएको छ, रगत जमेको अवस्था कम भएपछि मात्रै आँखाको पर्दा ९रेटिना० कस्तो छ भनेर हेर्न सकिन्छ,’ श्रेष्ठले भनिन्।
चिकित्सकको भनाइअनुसार एक्स(रे र सीटी स्क्यान रिपोर्टमार्फत थप मूल्याङ्कन गरिँदैछ। यद्यपि बाहिरी स्क्र्याच वा छाला च्यातिएको भए पनि आँखाको भित्री भागमा चोट गहिरो हुनसक्ने भन्दै सर्जरीको सम्भावनाबारे पनि विचार भइरहेको छ।
‘अहिलेलाई उहाँलाई नर्मल अवस्था भन्न सकिँदैन,’ डा. श्रेष्ठले थपिन्, ‘भिजन एकदमै कम छ र यदि पछाडि पर्दा पनि क्षतिग्रस्त भएमा उपचारमा समय लाग्न सक्छ।’
पत्रकार सविना कार्कीको स्वास्थ्य अवस्था सुधारोन्मुख होस् भन्ने कामना गर्दै पत्रकार महासंघलगायतका निकायहरुले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।