काठमाडौँ– काठमाडौँ महानगरको फोहोर बोक्ने गाडी नुवाकोटवासीले रोकेका छन् ।
महानगरले नुवाकोटका स्थानियलाईसडकमा तरकारी बेच्न नदिएको भन्दै त्यहाँका स्थानियले महानगरको फोहोर बोक्ने दुई सय गाडी रोकेका हुन् ।
काठमाडौँबाट दैनिक दुई सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ । यसैबीच स्थानियले गाडी रोकिएपछि फोहोर बोकेका गाडीहरु अहिले अलपत्र परेका छन् ।
यस विषयमा त्यहाँका स्थानियसंग छलफल गरिरहेको महानगरले जनाएको छ ।