काठमाडौं– निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले छुट्छुटटै शपथ लिएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् । प्रतिनिधि सभा सदस्यको सपथ ग्रहण ग्रहण अपरान्ह चार बजेका लागि तय भएपनि केही ढिलामात्रै सुरु भएको थियो ।


ADVERTISEMENT

# # #


बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा निर्धारित समयभन्दा ३५ मिनेट ढिलो प्रतिनिधिसभा सदस्यले शपथ लिएका थिए ।

राष्ट्रिय गानबाटसुरु भएको कार्यक्रममा संघीय संसदका महासचिव मनोहर भट्टराईले उपस्थित सांसद सदस्यलाई स्वागत गरेका थिए ।भट्टराइको स्वागतपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका सांसद महन्थ ठाकुरले सपथ गराए । सपथ लिएपछि सांसदले सांसदको लोगो लगाएका थिए ।

प्रतिनिधि सभाका सदस्यहरुले सपथ लिएको केहीबेरपछि राष्ट्रिय सभाका सदस्यलाई राष्ट्रिय सभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले सपथ खुवाएकी थिइन् ।

ठाकुर र भट्टले दुवैले आजै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।

ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराइएको हो । प्रतिनधि सभामाम कैलाली १ बाट विजयी रेशम चौधरी भने सपथ ग्रहणमा उपस्थित भएनन् । फौजदारी अभियोग लागेका चौधरी पुर्पक्षका लागि थुनामा छन् ।

प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने शपथ लिन बानेश्वर पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वले राष्ट्रियसभामा सदस्यका लागि गरेको सिफारिस केपी ओली नेतृत्वको सरकारले उल्ट्याएपछि मनोनित ३ सांसद पनि सपथ समारोहमा गएनन् ।

ओली सरकारको सिफारिसमा राष्ट्रपतिले डा. युवराज खतिवडा, डा. विमला पौडेल राई र रामनारायण बिडारीलाई मनोनित गरे पनि यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ ।

यसैवीच ४४ जना सांसदहरुले आफ्नो मातृभामा शपथ लिएका छन् । अन्य सांसदहरुले भने नेपाली भाषामै शपथ लिएका छन् । सोमबार हुन लागेको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा ४४ सांसदहरुले १० मातृभाषामा शपथ लिएको संघीय संसद सचिवालयले जनाएको छ ।

मैथिली, भोजपुरी, थारु, मगर, अवधि, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी १० भाषामा शपथ लिएका हुन् ।