काठमाडौ–पाकिस्तानी प्रधानमन्त्री शाहिद खान अब्बासी सोमबार नेपाल आउँदै छन् ।


ADVERTISEMENT


विशेष निजी विमानमार्फत अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लने अब्बासीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना दिनुका साथै दक्षिण एसियाली सहयोग संगठन सार्कको शिखर सम्मेलनबारे महत्वपुर्ण छलफल गर्ने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT

# # #


दुई दिने भ्रमणमा आउने पाकिस्तानी प्रधानमन्त्री अब्बासी र नेपालका प्रधानमन्त्री ओलीबीच सुरक्षा, शिक्षा, पर्यटन, व्यापार, लगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

अब्बासीलाई प्रधानमन्त्री ओलीले स्वागतसहित सैनिकमञ्च टुँडिखेलमा गार्ड अफ अनर दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री अब्बासीले फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।