अछाम– अछाम जिल्लाको साँफेबगर नगरपालिका–१० मा जंगली जनावर चितुवाले आक्रमण गरी १० वटा बाख्रा मारेको छ।


ADVERTISEMENT


स्थानीय नवराज बोगटीको ढुंगामाटोले बनेको र जस्तापाताले छाएको कच्ची बाख्राको खोरमा राति चितुवा पसेको हो। चितुवाको आक्रमणबाट खोरमा रहेका सबै १० वटा बाख्रा मरेका छन्।


ADVERTISEMENT

# # #


घटनाको जानकारी प्राप्त भएलगत्तै ईलाका प्रहरी कार्यालय घुघुरकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक विवरण संकलन गरेको छ।

यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको  छ।