काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन बताएका छन् ।


ADVERTISEMENT


भिसा प्रकरणमा विपक्षी दलहरू एकजुट भएर गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन बाध्य पार्ने भन्दै सो अवस्था अवस्था सिर्जना हुने उनको दाबी छ ।


ADVERTISEMENT

# # #


चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण केवल गृहमन्त्रीको एकल जिम्मेवारी नभई सम्पूर्ण सरकारसँग सम्बन्धित भएको उल्लेख गरे। उनले भने, ‘यो गृहमन्त्रीसँग मात्र सम्बन्धित विषय होइन, सिङ्गो सरकारसँग सम्बन्धित छ। विपक्षी दलहरूले यो विषयलाई गम्भीरतापूर्वक उठाउनेछन्। यो सामान्य विषय होइन।’

सरकार यसै मुद्दाका कारण ढल्ने हो कि भन्ने पत्रकारहरूको प्रश्नमा प्रचण्डले स्पष्ट जवाफ नदिए पनि भने, ‘त्यो त अहिले भन्न सक्दिनँ, तर कम्तीमा प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा गराउने स्थितिसम्म चाहिँ बन्छ।’

त्यसैगरी, नेपाल समाजवादी पार्टीसँगको एकताका सन्दर्भमा कुनै विवाद नरहेको प्रष्ट पार्दै उनले पार्टीका नेता महेन्द्र राय यादव माओवादीको महाधिवेशनमा सहभागी हुने जनाए।

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईप्रति टिप्पणी गर्दै प्रचण्डले उनले बारम्बार आफूविरुद्ध असान्दर्भिक अभिव्यक्ति दिने गरेको आरोप लगाए। ‘बाबुरामको काम नै माओवादीको विरोध गर्नु हो’, उनले भने।

एकता प्रक्रियाबाट आफूले बाबुरामलाई छाडेको नभई बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको समेत प्रचण्डको दाबी छ ।