काठमाडौँ– प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ ।


ADVERTISEMENT


विपक्षको नाराबाजी पछि स्थगित भएको बैठक सहमति जुट्न नसक्दा भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको हो ।


ADVERTISEMENT

# # #


गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको थियो ।

संसद्को गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए । यद्यपि विपक्षीसंग सहमति जुट्न भने सकेन ।