काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफुहरुको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको बताएका छन् ।


ADVERTISEMENT


जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरुसंग छलफल गर्दै अध्यक्ष लिङ्देनले आफुहरुले रत्नपार्कमा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्रीले त्यहि नजिकै जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिनुले आफुहरुको कार्यक्रमलाई भड्काउन खोजिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सरकारको तर्फबाट मुडभेड निम्ताउने क्रियाकलाप भएको आरोप लगाए । अध्यक्ष लिङ्देनले आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजार भन्दा बढि स्वयंसेवक परिचालन गर्ने जानकारी दिए ।

राजावादीको तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उनको भनाइ छ । उहाले राजनीतिक स्वार्थका लागि नभइ नेपालजस्तो देशका लागि भोटको राजनीति भन्दा माथि रहने अभिभावकीय संस्थाका रुपमा राजा रहनुपर्नेमा जोड दिएको बताए ।