काठमाडौँ– नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको बताएका हुन् ।
उनले आफुमाथि लागेको आरोपका सन्दर्भमा गृहमन्त्रीले सदनमा आफ्नो धारणा राख्न पाउनुपर्ने जिकिर गरे । बर्तौलाले सरकारलाई रोष्टममा पुग्नका लागि नाकाबन्दी लगाउने प्रतिपक्षीको कार्यशैली दुखद रहेको भन्दै स्वीकार्य नहुने धारणा राखे ।
उनले सत्तापक्षका सांसदहरुलाई समेत जनसरोकारका मुद्दामा बोल्न नदिनु उचित नभएको बताए ।