काठमाडौं–स्पेन र पोर्चुगलमा रोजगारीको लागि पठाउने भन्दै रकम असुलेर ठगी गर्ने सुनौलो प्रकाश कन्सल्टेन्सीका संचालक आर्यन लामालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


खोटाङ निर्मलीडाँडा–१ का हरिकाजी बस्नेतसलाइ रोजगारीको लागि पठाउने भनी ३३ लाख लिएको तर नपठाएपछि रकम माग गर्दा बाउन्स चेक दिएको पाइएसँगै उनी प्रहरीकहाँ पुगेका थिए ।


ADVERTISEMENT

# # #


उजुरी परेसँगै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले लामालाई काठमाडौंको टेकुबाट मंगलबार पक्राउ गरेको हो । अनुसन्धानको क्रममा लामाले दोलखाका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाउने भनी ३ लाख ५० हजार ठगेको खुल्न आएको प्रहरीले जनाएको छ ।

लामालाई ठगी गरेको सम्बन्धमा थप अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको जनाइएको छ । मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।