काठमाडौँ– काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र दिवस मनाइएको छ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो ।
सो अवसरमा विभिन्न सांस्कृतिक झाँकीहरूको पनि प्रदर्शन गरिएको थियो।

गणतन्त्र दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर : किरणराज बिष्ट / रासस

गणतन्त्र दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको एक टुकुडीले अर्पण गरेको सलामी ग्रहण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ।

गणतन्त्र दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै ।

गणतन्त्र दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर : किरणराज बिष्ट / रासस