काठमाडौं – आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पारित गर्न मन्त्रिपरिषद् बैठक आज मध्याह्न बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुनेछ।


ADVERTISEMENT


सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न बजेट प्रस्तुत हुँदैछ। त्यसअघि नै मन्त्रिपरिषद्ले बजेटलाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाइएको हो।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आजै अपराह्न प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आयोगको बैठक समेत बस्ने छ। सो बैठकमा बजेटसम्बन्धी नीतिगत तथा विकास योजना समेटिएका विषयमा अन्तिम छलफल हुने जनाइएको छ।

सङ्घीय संसद्को संयुक्त बैठक आज अपराह्न ३ः०० बजेका लागि निर्धारण गरिएको छ। उक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।