काठमाडौँ – एनएमबि बैंक र हिल्टन काठमाडौं बीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट एनएमबि बैंक लि. र हिल्टन काठमाडौं बीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।


ADVERTISEMENT


उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू एनएमबि बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ ।