काठमाडौँ – प्रतीपक्षी दलहरुले निरन्तर अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु उठेका थिए ।


ADVERTISEMENT


सभामुख देवराज घिमिरेले प्रतीपक्षी सांसदहरुलाई पटकपटक बस्न आग्रह गरे र संसदका कारवाही सुचारु गर्न सहयोग गर्न आग्रह गरे । तर, निरन्तर अवरोध भएपछि उनले प्रतिनिधिसभा बैठकमा सम्पूर्ण कार्यसूचिका सम्पूर्ण कार्यक्रम सूचीबाट हटाइएको सूचना सुनाए ।


ADVERTISEMENT

# # #


लगत्तै उनले उनले बैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका छन् ।

प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै निरन्तर प्रतिनिधिसभा अवरुद्ध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल प्रक्रिया प्रभावित बनेको छ ।