इटहरी–स्पष्ट नम्बर प्लेट नराख्ने सवारीमाथि पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले कारबाही शुरु गरेको छ । दुर्घटना गरेर सवारी फरार हुने घटना बढेको भन्दै यस्ता सवारीलाई नियन्त्रणमा लिइ कारबाही शुरु गरेको हो ।


ADVERTISEMENT


पूर्व क्षेत्रका बिभिन्न जिल्लाहरुमा रातको समयमा सबारी ठक्कर दिएर फरार हुने घटनामा बृद्धि भएपछि अभियान नै संञ्चालन गरी सबै जिल्लामा कारबाही शुरु गरिएको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


इटहरीमा आज बिनानम्बर र स्पष्ट नम्बर प्लेट नराखी संचालन गर्ने १६ वटा सबारीमाथि ५ सयको दरले जरिवाना गरिएको छ । साथै सबारी नियन्त्रणमा लिइ ठाँउको ठाँउ नम्बर लेख्न लगाउनुको साथै चेतनामुलक प्रशिक्षणमा सहभागी गराई छाडिएको थियो ।

जसमा अधिकाशं मोटरसाइकल र ट्याक्टर रहेका छन् । अभियानलाई निरन्तर रुपमा अगाडि बढाईने समेत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।