एजेन्सी – बिहीबार भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटना हुँदा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । एकजना यात्रु भने दुर्घटनाबाट बाँच्न सफल भएका छन् ।
बिहीबार लन्डनका लागि उडान भरेको केही समयपछि नै विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । एयर इन्डियाले २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। यस दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको छ ।
दुर्घटनापछि अहमदाबाद पुगेका भारतका संघीय गृहमन्त्री अमित शाहले भने, ‘लगभग सबै यात्रुको शव निकाल्ने काम पूरा भएको छ।’
शाहले थपे, ‘१.२५ लाख लिटर इन्धन भएको कारण तापक्रम यति उच्च थियो कि कसैलाई बचाउने सम्भावना थिएन।’