ललितपुर–गोदावरी नगरपालिका स्मार्ट स्पोर्ट्स सिटी गोदावरी रंगशालाको लागि बजेट बिनियोजित भएपछी बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री खेलकुद नायक मीनकृष्ण महर्जनलाई गोदावरी नगरपालिका नगरबासीहरु लगाएत ललितपुर क्षेत्र नम्बर १ का जनताहरुले सामाजिक संजाल मार्फत धन्यवाद दिनेको ओहिरो नै लागेको छ। मन्त्री महर्जनले उक्त रंगशालाको लागि ९ करोड बजेट बिनियोजन गरेको थियो।


ADVERTISEMENT


बहुउद्देश्यीय रंगशाला बहुबर्शिय मार्फत फास्ट ट्राकबाट रु३६ करोड टेन्डर हुने मन्त्रालयका एक कर्मचारीले हिमालय पोस्ट लाई बताए। नेपालकै उत्कृष्ट तथा नमुनाको रुपमा रहेको उक्त रंगशालामा ३० हजार दर्शक अट्ने क्यापसिटी रहेको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले बताए। खेलकुद मन्त्री मीनकृष्ण महर्जन र मेयर गजेन्द्र महर्जनको उक्त रंगशाला निर्माण गर्ने सपना रहेको बिपनामा परिणत हुने भएपछि गोदावरी नगरबासीहरु र खेलप्रेमीहरुमा यतिखेर खुशियाली छाएको छ।


ADVERTISEMENT

# # #


३.५ हेक्टर सिमाना लागेको उक्त रंगशाला निर्माण सम्पन्न भएपछी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता संचालन गर्न सकिने छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष आठौं र नवौ साफ स्वर्ण पदक बिजेता दिपक श्रेष्ठले ‘राइट म्यान राइट’ रहेको उनले बताए।
खेलकुद मन्त्री आफै पनि कराते खेलका अन्तर्राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् ।

मन्त्री महर्जन २०६६ सालमा मन्त्री परिषद निर्णयबाट कोषाध्यक्ष नियुक्त भएपछि खेलाडी तथा खेलप्रेमीहरुमा खुशियाली नै छाएको थियो। मन्त्री महर्जन राष्ट्रिय खेलकुद परिषदको ७ दिन निमित्त सदस्य सदस्य सचिबको जिम्मेवारी पाएको थियो। निमित्त सदस्य सचिब भए लगत्तै पेलानमा पेरेका कर्मचारीहरुलाई निमित्त सदस्य भएको २४ घन्टा नबित्दै ४३ जना कर्मचारीहरुलाई काज सरुवा गरेर हिन्दी फिल्मको नायकको उपनाम पाएका थिए।

बजेट सिलिङ निकै कम थियो, केन्द्रीय सरकारले खेलकुद मन्त्रालयलाई गतवर्षको भन्दा दोब्बर बजेट बिनियोजन भयो, बागमती प्रदेशलाई पनि गतवर्षको भन्दा दोब्बर सिलिङ दिन्छ भन्ने लागेको थियो।तर भएन मन्त्री र माननीय ज्युहरुको योजना समाबेश गर्न सकिएन त्यसको दुखी छु। मन्त्रीको भनाई रहेको छ।