काठमाडौँ– भजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका हुन् । दुई दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न समय दिएका थिए ।


ADVERTISEMENT

# # #


सांसद ढकालले गृहमन्त्रीले सदनमा बोल्दा भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाए । उनले अध्यागमनमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न नसकेको, विमानस्थलमा अनावश्यक कर्मचारी थप गरिएको र आफ्ना कर्मचारीको सरुवाका विषयमा गृहमन्त्रीको कुनै जवाफ नआएको जिकिर गर्नुभयो । आफ्ना मागलाई सरकारले नसुनेकाले आफुहरुको आन्दोलन जारी रहेको उनले बताए ।

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभइ सबैको साझा मुद्दा भएकाले यस बिषयमा सवै दल एक ठाउँमा आउन आह्वान गरे । भिजिट भिसा प्रकरणमा छानविन समिति नभएसम्म आफूहरुको विरोध कायमै रहने उनको भनाइ छ ।

शाहीले आफुहरुको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका छन् भने राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरेका छन् ।