काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा अविलम्व छानविन समिति गठन गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको बिभिन्न शीर्षकको छलफलमा भाग लिदै पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसंग भएको २ बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अविलम्व छानविन समिति गठन गर्न माग गरेका हुन् ।
एक महिनाभित्र छानविन समिति गठन गर्ने प्रतिवद्धता गृहमन्त्रीले रोष्ट्रमबाटै गरेकाले ढिलाई नगर्न उनले आग्रह गरे । पाण्डेले भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान नभएको धारणा राखे ।
यसअघि भिजिट भिसा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिवद्धता जनाउदै सत्तापक्षले माओवादीसंग २ बुँदे सहमति भएको थियो । सहमतिसंगै माओवादीले विरोधका कार्यक्रम रोकेपनि रास्वपा र राप्रपाले भने छानविन समितिको माग गर्दै सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।