काठमाडौँ– बौद्धिक एवम् युवाहरुबीच निकै लोकप्रिय ब्यक्तित्व सामाजिक ब्यक्तित्व रञ्जित महर्जनले एनआरएनए जापानको लागि राष्ट्रिय परिषद अन्तर्गत युवा संयोजक पदमा उम्मेदवारीको घोषणा गरेका छन्।
उनले प्रवासी भूमिमा रहेका नेपाली युवाहरूको आवाज बुलन्द पार्ने अठोट सहित उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।
जापानमा रहेका हरेक युवाहरुको सुखदुःखमा हमेशा साथमा रहने ‘समस्याको समाधान रन्जित महर्जन नै’ जापानमा नारा नै रहेको उनका सहयोगी कमल तामाङ वाईबाले बताए।
महर्जनले जापानमा रहेका नेपालीहरु हरेक समस्याको समाधान खोज्न सक्ने उनको खुबी नै मानिन्छ। महर्जनलाई बिजय गराउनको लागि यतिखेर जापानमा रहेको नेपाली युवाहरु महर्जन जिताउ अभियाननै चलाई रहेका छन् जापानमा महर्जन निकै लोकप्रियता बध्दो छ। बिरेन्द्र सैनिक स्कुलमा कक्षा १२ सम्म अध्य्यन गरि मास्टर्ड सम्म अध्ययन गरेका महर्जन कुनै एक समय फुटबलको राम्रो खेलाडी मध्यमा पर्दछ।
महर्जनले भने, “प्रवासी युवाको प्रतिनिधित्व गर्दै उनीहरूको नेतृत्व क्षमता बिकासका साथै पहिचानको प्रवर्द्धन मेरो प्रमुख उद्देश्य रहेको महर्जनको भनाई रहेको छ। महर्जन बागमति प्रदेश युवा तथा खेलकुद मन्त्री नेपाली कांग्रेस लोकप्रिय नेता मीनकृष्ण महर्जनको भतिज हुन् ।