काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादर देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले सो राय दिएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै, निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुने धारणा व्यक्त गरे ।

उनले कांग्रेस र एमाले फरक फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको बताए ।

सभापति देउवाले काग्रेसको आग्रह पछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रुपमा लिन आग्रह समेत गरे ।

कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा लगाएतका नेता चितवन पुगेका हुन् ।