काठमाडौँ– एसईईको नतिजा प्रकाशन सम्बन्धमा अहिले राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूको बैठक बसिरहेको छ।


ADVERTISEMENT


बोर्डका निर्देशक महाश्रम अधिकारीले दिएको जानकारी अनुसार, एसईई नतिजा आजै सार्वजनिक हुने कि नहुने भन्ने अवस्था अहिले ५०–५० को सम्भावनामा रहेको छ।


ADVERTISEMENT

# # #


उनका अनुसार, बैठकमा बसेर प्रणालीमा सबै विवरणहरू सहि छन् कि छैनन् भन्ने अन्तिम जाँच गर्दैछ। प्रणालीमा सबै विषयगत तथा व्यक्तिगत विवरणहरू सहि र स्पष्ट देखिएको खण्डमा आजै नतिजा सार्वजनिक गर्ने निर्णय लिइनेछ।

यदि कुनै त्रुटि वा प्राविधिक समस्या देखिएमा नतिजा अर्को हप्ता सारिनेछ’, उनले भने ।

निर्णायक बैठक जारी रहेको र त्यसपछि मात्रै नतिजा सार्वजनिक गर्ने वा नगर्ने विषयमा टुंगो लाग्ने निर्देशक अधिकारीले जानकारी दिएका छन्।

छात्र–छात्रा र अभिभावकहरूलाई केही समय प्रतीक्षा गर्न बोर्डले अनुरोध गरेको छ।