काठमाडौं–भारत, विहारको भिट्ठामोड भन्सारले कस्टम क्लियरेन्स नगर्दा भारतबाट हुने आयात बिहीबारदेखि ठप्प रहेको छ । जसका कारण पेट्रोलियम लगायत दैनिक उपभोग्य वस्तु बोकेका ५० बढी मालवाहक गाडी भारतीय सीमा क्षेत्रमा भन्सार प्रक्रियाको पर्खाइमा छन् ।


ADVERTISEMENT


क्लियरेन्स नहुँदा नेपाल आयल निगम महेन्द्रनगर डिपोका १३ टयांकर इन्धन पनि रोकिएका छन् । टयाङकर वरौनीस्थित इन्डियन आयल कर्पोरेसनबाट भारतीय कस्टम पुगेका थिए । रोकिएका ११ टयांकरमा २ लाख २० हजार लिटर डिजल र २ टयाङकरमा ३२ हजार लिटर पेट्रोल रहेको निगमको महेन्द्रनगर डिपोका कर्मचारी विश्वेश्वर यादवले जनाकारी दिए ।


ADVERTISEMENT

# # #


भन्सार क्लियरेन्स अन्योलमा पर्दा तरकारी, आलु, प्याजलगायत मसाला र ग्यास चुलो बोकेका गाडी नाकामै थन्किएको छ ।

केन्द्रले सीमा क्षेत्रका कस्टममा क्षमता अभिवृद्धि गर्न ‘इडीआई सिस्टम’ को नयाँ प्रविधि जडान गरेको छ । त्यो सिस्टमलाई यहाँको कम्प्युटरले ‘सपोर्ट’ नगरेपछि समस्या देखिएको हो ।